
२१ वैशाख, इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक-दुई जनाले पार्टी छाड्दैमा पार्टी कमजोर नहुने बताएका छन् ।
एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको गृहजिल्ला इलाम पुगेका उनले माई नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै नेता खनाल र माधवकुमार नेपालको आलोचना गरे । उनले एक दुई वटा पात झर्दैमा रुख नांगो नहुने टिप्पणी गरे ।
‘कसैले पार्टी छोडेर गयो भन्दैमा, एक/दुईवटा पात झरेर गयो भन्दैमा न रुख नांगा हुनेछ न पार्टी रितिनेछ’ उनले भने ‘एक २ वटा फल कुहिएर झर्दा रुखलाई केही असर हुँदैन । एमाले लटरम्म फल लागेको पार्टी जस्ताको तस्तै हुन्छ ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन र कांग्रेसप्रति पनि कटाक्ष गरे । ‘कांग्रेसीहरुलाई भन्न चाहन्छु तपाईहरुको छोरा छोरीलाई झन्डा दिनुहोस र भन्नुस त भोट के मा भनेर सोझै सूर्यमा भन्छन्’ उनले भने । ओलीले पार्टी छाडेर जाने कार्यकर्ताहरुलाई फर्कन अपिल गरे ।
उनले नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री शेरबहादुर देउवाकोमा भान्सामा गएको विरालोको संज्ञा दिए । ‘संसदमा एक पटक मैले शेरबहादुरजीलाई भनेको थिएँ हाम्रा भान्साका बिरालो त तपाईंकोमा देख्छु नि । अलि अलि खान दिनुस किन पर्खाएर राखेको ?’ उनले भने ।
लारुम्बामा किरात धर्मगुरुलाई भेटेर ओलीले माई नगरपालिकामा सम्बोधन गरेका हुन् । उनले बुधबार नै झापाको सुरुगांमा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया 4