+
+

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते २१:१०

२१ वैशाख, चैत । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिन्छु, अन्य सुविधासमेत दिन्छु भनेर आश्वासन दिएको र उक्त आश्वासन चुनावमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका अधिकारीहरुले बताएका छन् ।

यस्तै, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री भट्ट र पोखरेल दुबैलाई चौविस घण्टाभित्र स्पष्ट गरी पठाइदिन भनिएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष पोखरेलले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदा निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको र व्यक्ति विशेषलाई भोट मागेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुका अनुसार ‘आचारसंहिता र पदाधिकारीको नियुक्ति लगायतका विषय, निर्वाचन आयोगप्रति र निर्वाचनकै प्रक्रियामा अनास्था फैलाउने अभिव्यक्ति तपाईंको व्यक्तिगत मत हो कि संस्थागत खुलाई पाउँ’ भनेर सोधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?