+

शानदार पुनरागमन गर्दै रियल मड्रिड फाइनलमा

२०७९ वैशाख  २२ गते ८:५७ २०७९ वैशाख २२ गते ८:५७
शानदार पुनरागमन गर्दै रियल मड्रिड फाइनलमा

२२ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीविरुद्ध पुनरागमन जितसहित स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै रियल फाइनल पुगेको हो ।

पहिलो लेगमा ४-३ ले पराजित भएको रियलले दोस्रो लेग जित्दै समग्रमा ६-५ खेल आफ्नो पक्षमा पारेको हो ।

सिटीले भने अग्रता जोगाउन सकेन ।

रियलको मैदान सान्टियागो बर्नाबेउमा भएको दोस्रो लेगको खेलको ७३औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीला अग्रता दिलाएका थिए । त्यसपछि सिटीले ६-४ को अग्रता बनाएको थियो ।त्यसपछि रोड्रिगो चम्केपछि रियल खेलमा फर्कियो ।

९० औं मिनेटमा रियलका लागि बराबरी गोल गरेका रोड्रिगोले इन्जुरी टाईमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । त्यसपछि समग्रमा खेल ५-५ को स्थितिमा पुग्यो ।

त्यसपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थपियो । करिम बेन्जेमाले ९५औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियलाई ३-१ को जित दिलाए ।

अब रियलले उपाधिका लागि लिभरपुलको सामना गर्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।

म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय