
२२ वैशाख, हुम्ला । हुम्ला जिल्लाका दुई पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले पुरानै अनुहारका उम्मेदवारहरुलाई प्रतिस्पर्धामा उतारेका छन् ।
अदानचुली गाउँपालिका र खार्पुनाथ गाउँपालिका २०७४ सालको निर्वाचन जितेकाहरु नै यसपटक पनि प्रतिस्पर्धामा छन् ।
०७४ सालमा खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्ण रावल विजयी भएका थिए भने अदानचुली गाउँपालिकामा एमालेबाट दल फडेरा विजयी भएका थिए ।
यसपटक पनि खार्पुनाथमा कांग्रेसले कर्ण रावललाई नै र अदानचुलीमा एमालेले दल फडेरालाई नै उम्मेदवार बनाएका छन् ।
२०७४ सालको चुनावमा खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्ण रावल र माओवादी केन्द्रका गणेश रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । कर्ण १ हजार ११० मतसहित विजयी हुँदा माओवादी केन्द्रका गणेशले ५३३ मत पाएका थिए ।
यस्तै अदानचुली गाउँपालिकामा एमालेका दल फडेरा ११८५ मतसहित विजयी हुँदा माओवादी केन्द्रका दलु फडेराले ९८७ मत पाएका थिए ।
प्रतिक्रिया 4