
२२ वैशाख, ओखलढुङगा । लिखु गाउँपालिका-८ टारकेराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ ।
देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएकोमा उपचारको देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4