
२२ वैशाख, काठमाडौं। प्रहरीले कर्तव्य ज्यान र ज्यान मर्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-१० घर भई काठमाडौंको चन्द्रागिरि नैकाप बस्ने २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०७५ साल मंसिर ८ गते दिउँसो तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प नजिकै महेश परियार, मनिष बाँनिया र मुण्डा भन्ने सरोज सुन्दासले चक्कु प्रहार गरी हत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4