
काठमाडौं । स्थानीय चुनाव नजिकिंदै गर्दा कलाकार पनि पार्टी र उम्मेदवारको पक्षमा विभाजित हुन थालेका छन् । कतिपयले चाहिं चुनावलाई लिएर मौनता साँधिरहेका छन् ।
कलाकारको घरभित्रै पनि चुनावलाई लिएर मत विभाजन हुन थालेको छ । अभिनेता भुवन केसीको घर यस्तो एउटा उदाहरण हुनसक्छ । गत सोमबार केसी खुलेरै कांग्रेस प्रवेश गरे ।
भुवन कांग्रेस प्रवेश गरिरहँदा उनकी प्रेमिका जिया केसी भने खुलेरै काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहको पक्षमा खुलेकी छन् । फेसबुकमा बालेनको तस्वीर सेयर गर्दै जियाले ‘हाम्रोलाई भन्दा राम्रोलाई जिताऔं, यसपालिको भोट चाहिं बालेनजीलाई दिलाऔं’ भनेर लेखेकी छन् ।
केही वर्षदेखि भुवन र जिया लिभिङ टुगेदरमा छन् ।
भुवन पुत्र अनमोल केसीले पनि चुनावलाई लिएर मौनता साँधेका छन् । अनमोलको फिल्म ‘ए मेरो हजुर ४’को प्रचारमा बालेनले साथ दिएका थिए । उनले खुलेरै फिल्म हेर्न अनुरोध गरेका थिए । त्यतिबेला अनमोल र सुहाना थापाले बालेनको प्रशंसा गरेका थिए ।
के अनमोलले बालेनको गुन तिर्लान् ? चुनाव आउन एक साता बाँकी रहँदा अनमोल के बालेनको पक्षमा खुल्लान् ? यो जान्नु रोचक हुनेछ ।
प्रतिक्रिया 4