
फाइल तस्वीर
२२ वैशाख, चितवन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् ।
भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने बताए ।
‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ,’ नेता नेपालले भने, ‘भरतपुरमा केही समस्या देखिए पनि बागीलाई उम्मेदवारी फिर्ता गराउन कोशिस भइरहेको छ ।’ उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4