
२२ वैशाख, काठमाडौं । प्रहरीले सुनौलो रंगको कछुवासहित एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका-८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई काठमाडौंको चाबहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4