
२२ वैशाख, काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महागरपालिकाको प्रमुखको उम्मेदवार रहेकी सिर्जना सिंह जिताउन बिहीबार गोर्खा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।
गोरखा–काठमाडौं चुनाव प्रचारप्रसार समूहले आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डे, नेता कमला पन्त, चिरञ्जीवी वाग्ले लगायते सिंहलाई जिताउन अपिल समेत गरेका छन्।
जसपा नेता भट्टराईले कोही परिवारसँग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै सिंह आफ्नै बलवुतामा उभिएको नेता भएको बताए । प्रमुखमै एमालेले आगाडि सारेका केशव स्थापित ‘डेट एक्सपाएर ओखती’ भएको टिप्पणी उनले गरे । सिंहको जित निश्चित भएको भन्दै भट्टराइले भने, ‘सिंहले आगाडि सारेको घोषणापत्र व्यवहारिक छ। उहाँले जितेपछि सबैलाई समेटेर राम्रो महानगर बनाउने अभियानको नेतृत्व गर्नुहुन्छ।’
माओवादी केन्द्रका नेता श्रेष्ठले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चत भएको बताउँदै सिंहलाई गणेशमान सिंहको परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मित्थ्या भएको बताए । ‘मैले नेपाली कांग्रेसबाट गोरखाबाटै राजनीति सुरु गरेको हो,’ उलने भने, ‘सोही समयमा सिर्जना सिंह कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।’
प्रतिक्रिया 4