
सनराइज बैंकले दोब्बर मुद्दती योजना ल्याएको छ । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा न्यूनतम १ लाख रुपैयाँ जम्मा गरी मुद्दती खाता खोल्न सकिने छ । यो योजनाअन्तर्गत जम्मा भएको रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल ग्राहकले पाउने बैंकले जनाएको छ ।
बैंकका अनुसार मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ । ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिनुका साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा हुने बैंकले जनाएको छ ।
साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च १० हजार रुपैयाँसम्मको प्रसुती खर्च समेत प्रदान गर्दै आएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग इकाइ संचालनमा छन् ।
प्रतिक्रिया 4