
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ।
२०५८ वैशाख २१ मा स्थापना भएर सेवा सुरु गरेको यस कम्पनीलाई देशका दूरदराजसम्म बीमा सेवा पुर्याउने पहलकदमीको श्रेय जान्छ।
यो नेपालको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो जीवन बीमा सेवा प्रदायक बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।
२२औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरका विभिन्न नौ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
२२औं वार्षिकोत्सवको अवसरमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई कम्पनीले प्रशंसा पत्रका साथ सम्मान समेत गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4