
२३ वैशाख, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ । स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए ।
तामाङ परिवार साँझ खाना खाएर सुत्न गएकाबेला एक्कासि आगलागी भएको र आगलागीका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट दुवै घरका नौ वटा सटर जलेर ध्वस्त भएका छन् । दुई वर्षीय बालक पनि जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
एकै घरका चारदेखि पाँच वटा सटरमा सामग्री रहेकाले ठूलै क्षति भएको अनुमान गरिएको छ । आगलागी करिब नियन्त्रणमा आएको र कति धनमालको क्षति भयो भन्नेबारे थप अनुसन्धानपछि बाहिर आउने जनाइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4