
२३ वैशाख, धनकुटा । धनकुटाको साँघुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साँघुरीगढी–३ मदेन टोलका ३८ वर्षीय इन्द्रबहादुर याखा रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
बिहीबार राती पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा को २८ प ७४७१ नम्वरको मोटरसाइकल अनियन्त्रित सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4