
२३ वैशाख, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले एमालेलाई सहयोग गर्ने भएको छ।
सो समूहले शुक्रबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाललाई सहयोग गर्ने बताएको छ ।
आफूहरुले सरकारले गरेको गलत कामकोविरुद्धमा आवाज उठाउँदै आएको भन्दै विगतको विरासत जोगाउन एमालेलाई चुनावमा सहयोग गरेर अगाडि बढ्ने विप्लव समूहका रैनादेवी छहराका इन्चार्ज नारायण केसीले जानकारी दिए ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै वडामा रहेका विप्लव समूहमा आबद्धले नेकपा एमालेलाई मतदान गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4