
२३ वैशाख, काठमाडौं । शुक्रबार बिहान अनामनगरमा एक्कासी गुडिरहेको बसमा आगलागी भएको छ ।
बा ५ ख ११७५ नम्बरको बसको एक भागमा एक्कासी आगो लागेपछि गाडीभित्र रहेका यात्रुहरु बाहिर निस्किएका थिए ।
नजिकै रहेका ट्राफिक प्रहरी र गाडीका चालक, सहचालकले पसलबाट फायर एक्सिटिङ्ग्विसर ल्याएर आगो नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जीव शर्माले अनलाइनखबरलाई बताए ।
समयमै ट्राफिक प्रहरी पुगेकाले कुनै अप्रिय घटना हुन नपाएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4