
२३ वैशाख, काठमाडौं। सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरको उपप्रमुखको उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले यसअघिको नेतृत्व अक्षम रहेको आरोप लगाएका छन् ।
शुक्रबार राजधानीको शान्तिबाटिका गठबन्धनले गरेको संयुक्त सभामा श्रेष्ठले आफूहरुले काम गरेर देखाउने दाबी गरे। ‘अहिलेको नेतृत्व असक्षम भयो, नेतृत्वले काम गर्न सकेन,’ उनले भने, ‘हामी काम गर्छौं भनेर आएका छौं।’
वितेका पाँच वर्षमा महानगरमा सुशासन नभएको भन्दै अब त्यो काम गरेर देखाउने दाबी उनले गरे ‘महानगरभित्र कुनै सुशान छैन,’ श्रेष्ठले भने, ‘महानगर भित्र छिर्यो कि आजको कामलाई भोलि, भोलिको पर्सी भन्छ । घुसखोरीको अखडा बनेको छ महानगर पालिका छ। हामी महानगरभित्र सुशासन के हो भन्ने देखाइदिने छौं ।’
महानगरभित्र ९९ सामुदायिक विद्यालय रहेको र यसअघिको त्यसमा ध्यान नदिएको भन्दै आफूहरुले अब त्यसलाई गुणस्तरीय र प्रविधियुक्त बनाउने दाबी गरे।
मुख्य सहरको भाषा, संस्कृति, सम्पादाको रक्षा गर्नुपर्ने उनको भनाइ छ। जेष्ठ नागरिकलाई भत्ता मात्रै नभइ माया समेत चाहिने भन्दै उनले आफूले त्यसको पहल गर्ने प्रतिवद्धता जनाए। ‘घरमा जेष्ठ नागरिक बसेको हुन्छ,’ श्रेष्ठले उनले, ‘चार हजार जेष्ठ नागरिक भत्ता त दियौं तर माया दिन सकेन । हामी हेरचार केन्द्र खोलेर माया, ममता दिन चाहान्छौं ।’
प्रतिक्रिया 4