
२३ वैशाख, हुम्ला । एक लाख रुपैयाँको माला लगाउने र लगाइदिने ताँजाकोट गाउँपालिकाका अध्यक्ष उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले गत बुधबार एक लाखको माला अध्यक्ष पदका प्रत्यासी लालकेश जैशीलाई लगाइदिएर आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताएका थिए ।
बागी उठेका खड्काले उम्मदवारी निष्क्रिय भएपछि आफ्नो चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको बताएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले दुवै जनालाई स्पष्टिकरण सोधेको हो ।
निर्वाचनको अवधिमा २५ हजार रुपैयाँ भन्दा बढी नगद कारोबार गरेर आचारसंहिता उलङ्घन गरेको पाईएकोले यसमा संलग्न अध्यक्ष पदका प्रत्यासी दुवै जनालाई स्पष्टिकरण सोधेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4