
२३ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चबारे सूक्ष्म अनुगमनकर्ताले विवरण संकलन गरिरहेको जनाएको छ ।
निर्वाचन सकिएपछि उम्मेदवारले पेश गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारले बुझाउने निर्वाचन खर्चको विवरण र सुक्ष्म अनुगमनकर्ताले पेश गरेको विवरण भिडाएर परीक्षण गरिनेछ । उम्मेदवारले निर्वाचन सकिएको ३० दिनभित्र आफ्नो खर्च विवरण आयोगमा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
आयोगले स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी खर्च विवरणसमेत अनुमान गरी आयोगमा ३० वैशाखअघि नै पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया 4