
२३ वैशाख, राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी तिरहुत गाउँपालिका अध्यक्षका उम्मेदवार विजयकुमार यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यादवले सार्वजनिक गरेको २९ बुँदे घोषणापत्रमा कालोपत्रे सडकदेखि शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने उल्लेख छ ।
रुपनीमा पनि कांग्रेसको घोषणापत्र
नेपाली कांग्रेस रुपनी गाउँपालिकामा पनि शुक्रबार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
वडा नम्बर-३ कटैयास्थित पार्टीको वडा कार्यालयमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्षका उम्मेदवार रामनारायण इसरले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
अध्यक्षका उम्मेदवार इसरले जनताले आफूलाई जिताएमा प्रत्येक वडालाई कालोपत्रे सडक सञ्जाल मार्फत जोडने, गाउँपालिकालाई नमुना बनाउने घोषणा गरे ।
प्रतिक्रिया 4