
२३ वैशाख, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलाले राम्रो अवसर नपाएको र हिंसा भोग्नुपर्ने समस्या देखिएको बताएका छन् ।
सञ्चारिका समूहले आयोजना गरेको ‘पत्रकार महिलाको सुरक्षा’ विषयक भर्चुअल कार्यक्रममा उनले पत्रकार महिला सक्षम हुँदाहुँदै पनि महिला भएकै कारण हिंसा खेप्नुपर्ने र राम्रो अवसर नपाउने समस्या देखिएको अध्यक्ष बस्नेतले बताए । उनले भने ‘हामीले समस्याको समाधान गर्नपर्छ । सक्षम पत्रकार महिलाहरु हिंसामा परेको उजुरी आइरहेको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले कोरोना महामारीका बेला धेरै पत्रकार महिलाले जागिर गुमाएको बताइन् । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकार महिलाले भोगेको हिंसा र विभेद समाधानका लागि पहल गरिरहेको बताए ।
‘पत्रकार महिलाले भोग्नुपर्ने हिंसा विभेद हामीले समाधान गर्न सक्ने हुन्छन् तर उजुरी आईपुग्दैन ।’ पोखरेलले भने, ‘कति कुरा नभनेका कारण समस्या बनेका छन् । हामी गोपनियता कायम गरेर समाधानको प्रयास गर्छौं ।’
कार्यक्रममा पत्रकार दिपा दाहालले आफु सक्षम हुँदा हुदै पनि महिला भएकै कारण धेरै कुरा भोग्नु परेको बताइन् । भनिन्, ‘जब काममा महिलाबाट थ्रेट फिल गर्छ्न् अनि समाचार कक्षमै खुम्च्याउने प्रयास गरिन्छ ।’
कार्यक्रममा पत्रकार रामकला खड्का, सुधा देव, मेनुका बस्नेत, चाँदनी आचार्य, कविता श्रेष्ठ, बसन्ता भट्ट लगायतले पत्रकार महिलाको समस्या र सुरक्षामा आफ्ना अनुभव बताएका थिए ।
प्रतिक्रिया 4