+

नेपालले टस जितेर जिम्बावेविरुद्ध फिल्डिङ गर्दै

२०७९ वैशाख  २४ गते ९:३० २०७९ वैशाख २४ गते ९:३०
नेपालले टस जितेर जिम्बावेविरुद्ध फिल्डिङ गर्दै

२४ वैशाख, काठमाडौं । जिम्बावे एविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ । त्रिवि मैदानमा टस जितेपछि नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

यो खेलमा सुनिल धमला लामो समयपछि टिमको पहिलो रोजाइमा परेका छन् भने विनोद भण्डारीले आजको खेलमा विकेटकिपिङ सम्हालिरहेका छन् ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबे ए सँग ३ विकेटले पराजित भएको थियो ।

तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एक दिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक-एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी  करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला

नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय