
२४ वैशाख, काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा शनिबार नमुना मतदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमुना मतदान कार्यक्रम राखेको हो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीको तालिमको सिलसिलामा नमुना मतदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
देशभरका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
हेर्नुस् फोटोहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4