
२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार गिरीश गिरीले भोट हाल्ने क्रममा आफ्नो सन्तानको अनुहार सम्झन आग्रह गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका पत्रकार एवं लेखक गिरीले वीरगञ्ज–९ मा आयोजित चुनावी सभामा त्यस्तो आग्रह गरेका हुन् ।
‘भोट दिन जानु भन्दा पहिले आफ्नो छोराछोरीको चेहरा हेर्नुस्, त्यसपछि को को उम्मेदवार छन् उनीहरुको अनुहार हेर्नुस्’ उनले भने, ‘उनीहरुले कस्ता कस्ता काम गर्दै आएका छन् । त्यो मान्छे नेता कसरी नेता बन्यो ?, कसले गर्दा नेता बन्यो ? जसले गर्दा नेता बने उनीहरुका लागि उनी के गरे त ? सोच्नुस् ।’
भविष्यको चिन्ता गर्ने, इमान्दार र पढेलेखेको नेतृत्व आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ । आफूले जितेर आएको खण्डमा भविष्यमा आउने पुस्ताले प्रश्न गर्ने ठाउँ नदिने प्रतिबद्धता उनको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4