
२४ वैशाख, काठमाडौं । अर्थ राजनीतिक विश्लेषक हरि रोकाले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न असक्षम भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै विश्लेषक रोकाले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताएका हुन् ।
उनले नेपालबाट निर्यात हुने उद्योगहरुको भ्यालु एडिसन हुनुपर्ने बताए । उनले त्यस्ता उद्योगमा सामान्य मानिसलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नति हुने धारणा राखे । रोकाले हामीले आर्थिक वृद्धिदरको हिसाब गर्न छाड्नुपर्ने पनि बताए ।
‘हाम्रो जुन आर्थिक वृद्धि छ । त्यो आर्थिक वृद्धिको हिसाबकिताब गर्न छाडिनु पर्छ, हाम्रो आर्थिक वृद्धिदरलाई आयात रेटसँग कहिले पनि तुलना गरेर गर्न सकि रहेका छैनौं’, उनले भने, ‘त्यसलाई छाडिदिने हो वा कम गर्ने हो भने मात्रै वृद्धिदर ६,७ वा १० प्रतिशत हुन सक्छ । अर्थमन्त्रालयलाई धेरै गाली गर्नु आवश्यक छैन ।’
अर्थमन्त्रीले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने भनेको तर त्यो कार्यान्वयन हुन नसकेको भन्दै विश्लेषक रोकाले हाम्रो पुँजीगत खर्च गर्ने निकायहरु काम गर्ना लायक नै नभएको बताए ।
‘कुनै मन्त्रालयले आफ्नो कोटा पूरा गदैन, नेपालको कार्पेटको भ्यालु एड हुदैन । गार्मेन्टमा अझ उत्पादत छ । कपडा, सिलाउने, सिउने मेसिन बाहिरबाट आउँछ । यहाँ एउटा लगानीकर्ता र घरभाडा मात्रै प्राप्त गर्ने हो । मुख्य निर्यात वस्तुको यस्तो अवस्था छ । हाम्रो त्यस्तो खालको अर्थतन्त्र वृद्धि गर्यो भने पनि सामान्य मान्छेको वृद्धि हुँदैन’ उनले भने ।
प्रतिक्रिया 4