+

एनभीए क्लब लिगमा आर्मीका दुवै टिमलाई उपाधि

२०७९ वैशाख  २४ गते २०:१० २०७९ वैशाख २४ गते २०:१०
एनभीए क्लब लिगमा आर्मीका दुवै टिमलाई उपाधि

२४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लब आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा पुरुष र महिला दुवैतर्फ च्याम्पियन बनेकाे छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएका निर्णायक खेलमा आर्मीकाे पुरुष टाेलीले टिपटप हेल्प नेपाल स्पाेर्ट्स क्लबलाई हराउँदा महिला टाेलीले अर्काे विभागीय टाेली नेपाल पुलिस क्लबलाई पराजित गर्‍यो ।

हेल्प नेपालमाथि ३-१ काे सेटमा विजय पाएकाे आर्मी लिगमा अपराजित रह्याे । राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेकाे आर्मीले सात टिम सहभागी लिगमा १८ अंक जाेडेकाे हाे ।

सुरुवाती २ सेट २५-१३ र २५-१८ ले जितेकाे आर्मीले तेस्राे सेट २८-२६ ले गुमायाे । तर चाैथाे सेटमा २८-२६ काे जितसहित उपाधि जितेकाे हाे ।

शनिबारै अर्काे खेलमा एपीएफलाई ३-२ काे सेटमा हराउँदै नेपाल पुलिस लिगमा तेस्राे भयाे ।

महिलातर्फ पुलिसलाई ३-० काे साेझाे सेटमा पराजित गरी आर्मीले पहिलाेपल्ट राष्ट्रिय क्लब लिगकाे उपाधि जितेकाे हाे । आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० काे सेटमा जित निकालेकाे हाे ।

महिला र पुरुष दुवैतर्फकाे उपाधि विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्राे हुने टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । एक सातासम्म चलेकाे प्रतियाेगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमकाे सहभागिता थियो ।

त्रिभुवन आर्मी क्लब भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०