
काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’को मुख्य अभिनेत्रीमा जसिता गुरुङ अनुबन्धित भएकी छन् । शुक्रबार बेलायत पुगेका निर्देशक भट्टराई र गुरुङबीच लिखित सम्झौता भएको हो ।
यसअघि फिल्ममा अनुबन्धित सारा श्रीपाइलीले बेलायती प्रवेशाज्ञा नपाएपछि उनको ठाउँमा जसिताको प्रवेश भएको हो । सन् २०१८ को ‘लिलिबिली’बाट अभिनय करिअर थालेकी जसिता लण्डनमा बस्दै आएकी छन् ।
नायिकाको टुंगो लागे पनि नायकबारे अझै निधो भइसकेको छैन । नेपाली मूलका एक भारतीय कलाकारसँग अप्रोच भइरहेपनि यसबारे निधो नभइसकेको निर्देशक भट्टराईले बताए ।
मे महिनाको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मबाट अन्तिम समयमा मुख्य नायकको रुपमा अनमोल केसी र साराले छाडेपछि फिल्म निर्माण ढिलो भएको थियो । छायांकन लगायतका केही कुरामा असहमतिपछि अनमोलले फिल्म छाडेका थिए ।
यो रोमान्टिक फिल्मको छायांकन लण्डनमै गर्ने तयारी छ ।
प्रतिक्रिया 4