
२५ वैशाख, काठमाडौं । आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ९८ हजार रुपैयाँमा छापावाल र ९७ हजार पाँच सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय ८० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ८५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4