
२५ वैशाख, काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकहरूको खातामा सरकारले एक अर्ब छ करोड रुपैयाँ जम्मा गरेको छ । सरकारले महामारीका कारण प्रभावित क्षेत्रलाई राहत दिने गरी कोषमा सूचीकृत श्रमिकको जेठ र असार २०७७को सामाजिक सुरक्षा बापतको रकम भुक्तानी गर्ने घोषणा गरेको थियो ।
त्यसअनुसार गत जेठ र असार महिनाको योगदानबापत करिब ८४ प्रतिशत रकम जम्मा गरिदिएको हो । बाँकी रकम पनि सरकारले चालु आर्थिक वर्षमा नै जम्मा गर्ने कोषले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा श्रमिकले गर्नुपर्ने ११ प्रतिशत र रोजगारदाताले गर्नुपर्ने २० प्रतिशत योगदान रकमसरकारले भुक्तानी गर्ने व्यवस्था गरेको थियो ।
कोषले नियमित योगदान गर्ने करिब डेढ लाख श्रमिकलाई सरकारले जेठ र असारको योगदान रकम दिन लागेको हो ।
कोषमा श्रमिक र रोजगार दाताले आफ्नो आधारभूत पारिश्रमिकको ३१ प्रतिशत योगदान गर्नुपर्छ ।
प्रतिक्रिया 4