
२५ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलको छुट्टै वेवसाइट सञ्चालनमा ल्याएको छ । प्राधिकरणले यसअघि नेपालगन्ज विमानस्थलको छुट्टै वेवसाइट सञ्चालन गरी उडानसँग सम्बन्धित अपडेटहरु राख्ने गरेको छ ।
आइतबारबाट सिमराको एयरर्पोट वेवसाइट र उडान सूचना डिस्प्ले प्रणाली सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसले स्थानीय यात्रुलाई उडान तथा अवतरणको विस्तृत जानकारी लिन सहज हुने प्राधिकरणको भनाइ छ ।
‘सिमराडटक्याननेपालडटजीओभीडटएनपी’ खोलेर यात्रुले सिमरा विमानस्थलबाट हुने उडान/अवतरणबारे जानकारी लिन सक्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4