
२५ वैशाख, डोटी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले जिल्ला मदिरा निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको आदेश जारी गरेको छ । आदेश मंगलवारदेखि निर्वाचनको परिणाम घोषणा नभएसम्म सक्रिय रहनेछ ।
‘वैशाख २७ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।
स्थानीय तह निर्वाचन २०७९ स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मदिराजन्य पदार्थको बिक्री बितरण र सेवनबाट पर्न सक्ने असरलाई मध्यनजर गरि उक्त आदेश जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘कोही कसैले यो आदेशका बर्खिलाप मादक पदार्थ ओसार पसार, बिक्री बितरण तथा सेवन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही भई जाने व्यहोरा सर्वसाधारणलाई जानकारी गराइन्छ ।’
प्रतिक्रिया 4