२६ वैशाख, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको छ ।
घरेलु मैदानमा प्राप्त यस जितपछि एट्लेटिकोले शीर्ष चारमा स्थान पकड रख्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्कोले खेलको ४०औं मिनेटमा पेनाल्टीमार्फत निर्णयाक गोललगोल गरे ।
जितपछि ३५ खेलबाट ६४ अंक जोडेको एट्लेटिकोले चौथो स्थानमा पकड बनाएको छ ।
लिगमा अब ३ खेल बाँकी रहँदा पाँचौ स्थानको बेटिसभन्दा एट्लेटिको ६ अंकले अघि छ ।
एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
एट्लेटिकोसँग हारेपनि रियल मड्रिडले यसअघि नै शीर्ष स्थानमा रहेर उपाधि पक्का गरिसकेको छ ।
रियलको ८१ अंक छ ।
प्रतिक्रिया 4