२६ वैशाख, रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि नेपाल र जिम्बावे ‘ए’बीच एकदिवशीय शृंखलाको तेस्रो तथा अन्तिम खेल सुरु हुन सकेको छैन ।
विहान ९ बजेदेखि सुरु हुनुपर्ने खेलमा अहिलेसम्म टस पनि हुन सकेको छैन । मैदान खेल्न लायक भएमा ओभर घटाएर खेल सन्चालनको तयारी भइरहेको छ ।
शृंखलाअन्तर्गत यसअघिका दुई खेलमध्ये पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा शनिबार नेपालले ९ विकेटको जित रचेको थियो ।
त्यसअघि टी–२० शृंखलाको पहिलो खेल पनि वर्षाका कारण रद्ध गरिएको थियो । दोस्रो र तेस्रो खेलमा नेपाल र जिम्बावेले एक एक खेल जितेपछि शृंखला बराबरी भएको थियो ।
प्रतिक्रिया 4