
काठमाडौं । ‘नाइँ नभन्नु ल ६’को मुख्य भूमिकामा आँचल शर्मा र डेब्यु अभिनेता आशीर्वाद बरालले अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।
भदौदेखि छायांकन सुरु हुने फिल्ममा यी दुई कलाकारसँग मौखिक सहमति भएको जानकारी निर्देशक विकास आचार्यले दिए । तर सलोन बस्नेतले यो सिरिजमा नखेल्ने सम्भावना रहेको उनले बताए ।
निर्देशक तथा निर्माता आचार्यले अहिले फिल्मको पटकथा लेखिरहेका छन् । प्रेमकथा र बालमनोविज्ञानमा निर्माण भएका अघिल्ला पाँचै सिरिजले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।
‘सलोनजीले खेल्ने वा नखेल्ने टुंगो छैन । अहिलेसम्म आशीर्वाद र आँचल नै फाइनल हुनुभएको छ,’ आचार्यले अनलाइनखबरसँग भने । सलोनले पनि छैटौं सिरिज गर्ने सम्भावना कम रहेको संकेत गरे ।
सलोन यसैसाता ‘हनीबनी’ फिल्म छायांकनलाई लण्डन उड्दैछन् भने नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा समेत उनी अनुबन्धित छन् ।
‘नाइँ नभन्नु ल’को पहिलो भाग सन् २०१० अगस्ट २० मा रिलिज भएको थियो ।
प्रतिक्रिया 4