+

जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै, ३३ ओभरको खेल हुने

२०७९ वैशाख  २६ गते १२:२७ २०७९ वैशाख २६ गते १२:२७
जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै, ३३ ओभरको खेल हुने

२६ वैशाख, काठमाडौं । जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ ।

आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ ।

यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले पराजित गरेको थियोे । त्यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको नतिजाबाट शृंखला विजेताको टुंगो लाग्नेछ ।

तीन खेलको टी-२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृंखलामा दुवैले एक-एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

नेपालको सुरुवाती–११
न्दीप लामिछाने (कप्तान), वरिस अहमद, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, सुनिल धमला

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय