
२६ वैशाख, काठमाडौं । तनहुँ शुक्लागण्डकीमा नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्लागण्डकी–९ मा सोमबार विहान आयोजित चुनावी सभामा लम्साल कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरे ।
कांग्रेस प्रवेश गरेसँगै लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन गर्ने प्रतिवद्धता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4