
२६ वैशाख, हुम्ला । अगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष भयरहित गर्न हुम्लामा मदिरा बिक्री वितरण बन्द गरिएको छ । निर्वाचनको अवधिभर मदिरा बिक्री वितरण गर्न नपाउने भएको छ ।
२७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम नतिजा नआउँदासम्म मदिरा बिक्री वितरण गर्न नपाउने हुम्लाको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
कसैले मदिरा बिक्री गरे प्रचलित कानुन बमोजिम कारवाही हुने प्रजिअ परियारले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4