+
+

गठबन्धनले जिते देश नयाँ युगतिर जान्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १७:१८

२६ वैशाख, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने दोहोर्‍याएका छन् ।

सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभामा प्रचण्डले सत्तारुढ गठबन्धनलाई बामपन्थी र लोकतान्त्रिक शक्तिको मिलन भनी परिभाषित गरे ।

‘हामी बामपन्थी र लोकतान्त्रिक पार्टीले झगडा गर्दाखेरि देश र जनताले दुःख पाएका छन् । हामीले आपसमा समझदारी गर्दा देशका समस्या सामाधान भएका छन्,’ उनले भने, ‘त्यसैले देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनलाई जिताउन जरुरी छ ।’

उनले आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई लक्षित गर्दै एकथरी मान्छेले छोरीलाई जितायो भने दुर्घटना हुन्छ भनेर प्रचण्डले भनेको भन्दै गतल टिप्पणी गरिरहेको बताए ।

‘छोरीलाई जितायो भने दुर्घटना हुन्छ भन्यो भनेर एकथरी मान्छेहरुले हुँदा नहुँदा फत्तुर लगाएका छन् तर हामीलाई जनताप्रति विश्वास छ,’ उनले भने, ‘गठबन्धनले जित्यो भने देश नयाँ युगतिर जान्छ । दुर्घटनाबाट जोगिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?