
२६ वैशाख, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताएका छन् ।
कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले गरेको कार्यक्रममा उनले कानून व्यवसाय गर्दै आएका मध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताए ।
उनले सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोला प्रथामा कुनै शंका नगर्न आग्रह गरे । कामु प्रधानन्यायाधीश कार्कीले गोलाप्रथा पारदर्शी भएको पनि दावी गरे ।
‘न्यायाधीश नियुक्तिको विषयमा अब हामीले क्वालिटी खोजिरहेका छौँ । कानून व्यवसाय नै गरेर आउनुभएको छ, त्यसमा पनि हामी क्वालिटी हेर्छौ । यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु खल्तीबाट नाम निकालेर ट्वाक ट्वाक चाहिँ हुनेवाला छैन । हामीले प्रतिवद्धता गरिसक्यौँ न्यायाधीश नियुक्ती गर्दाखेरी क्वालिटी भएकोलाई नियुक्ति गर्ने’ उनले भने ।
कार्कीले सर्वोच्च अदालतमा समस्याको भण्डार रहेको उल्लेख गर्दै क्रमशः सुधारका कामहरु भइरहेको बताए ।
प्रतिक्रिया 4