
२६ वैशाख, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोप लगाएका छन् ।
मल्लले नेपाली कांग्रेस बिपीका नामबाट करुवा चुनाव चिह्न लिएर एमालेसँग तालमेल गरेका छन् । सोमबार गृहजिल्ला डडेल्धुराको गन्यापधुरा पगाउँपालिका-२ मा आयोजित चुनावी सभामा देउवाले मल्लको आलोचना गरेका छन् ।
उनले आफूले गाउँको विकासमा धेरै काम गरेको पनि बताए । उनले भने, ‘पहिले म विद्यालय पढ्दा हिँडेर जान्थे । अहिले सबै ठाउँमा सडक पुगिसकेको छ । कच्ची छन्, अब कालोपत्रे गर्नुपर्ने छ । त्यो सबै मैले गर्ने हो ।’
भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्रे गर्ने प्रधानमन्त्री देउवाले बताए । गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको मटेला गाउँमा रहेको आफ्नो घरलाई पुनः बनाउने समेत देउवाले बताए ।
देउवा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको चुनावी सभालाई सम्बोधन गरेर डडेल्धुरा आएका हुन् । उनले मंगलबार डडेल्धुरामा कांग्रेसले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4