२७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा खराब प्रदर्शन गर्दै आएको मुम्बई इण्डियन्स सोमबारको खेलमा पनि पराजित भएको छ । उसलाई कोलकाता नाइट राइडर्सले ५२ रनले हराएको छ ।
यो जितसँगै १२ म्याचबाट १० अंक बनाएको कोलकाताको भने प्ले अफमा पुग्ने सम्भावना कायमै छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । वेंकटेश अय्यर र अजिक्य रहाणेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रनको साझेदारी गरेका थिए । अय्यरले २४ बलमा ४३ रन र रहाणेले २५ रन जोडेका थिए । नितिश राणाले २६ बलमा ४३ रन बनाए ।
अन्तिम ओभरमा रिंकु सिंहले १९ बलमा अविजित २३ रन बनाए ।
बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले चार ओभरमा १० रन खर्चिएर पाँच विकेट लिए । उनी प्लेअर अफ द म्याच भए ।
१६६ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ११३ रनमा अलआउट भयो । इशान किसनले ४३ बलमा सबैभन्दा बढी ५१ रन बनाए । तर कप्तान रोहित शर्मा र तिलक बर्माले दोहोरो अंकको रन पनि बनाउन सकेनन् । शर्मा २ रनमा र बर्मा ६ रनमा आउट भए ।
कोलकाताका पेट कमिन्सले ३ विकेट र आन्द्रे रसेलले २ विकेट लिए ।
प्रतिक्रिया 4