२७ वैशाख, काठमाडौं । चोटका कारण मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।
मिडल अर्डर ब्याट्सम्यान यादवले बायाँ हातको नाडीमा चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।
गत मे ६ मा गुजरात टाइटन्सविरुद्धको खेलमा यादवलाई चोट लागेको थियो ।
यादवले सोमबार राति भएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलसमेत गुमाएका थिए ।
त्यस खेल अघस नै मुम्बई इन्डियन्सले स्टेटमेन्ट जारी गर्दै सूर्यकुमार यादव टिम बाहिर रहने जनाएको थियो ।
सूर्यकुमार यादवले यस सिजन मुम्बईका लागि ८ खेल खेल्दै ३ अर्धशतक मद्दतमा ३०३ रन बनाएका छन् ।
प्रतिक्रिया 4