
२७ वैशाख, काठमाडौं । छ वटा महानगरपालिकाहरुमा डेढ सय भन्दा बढी मेयरका उम्मेदवारहरु छन् । अनुमान गरेभन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन आयोगले मनोनयन सकिएपछि मात्रै महानगरपालिकाहरु र भक्तपुरको स्थानीय तहका मतपत्र छापेको थियो । देशभरका महानगरपालिकाहरुको मतपत्र कस्तो छ ? हेरौं –
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाको मतपत्रमा ६४ प्रकारका चिन्ह समावेश छन् । राजनीतिक दल र स्वतन्त्र चिन्ह गरेर दुई लहरमा मतपत्र छापिएको छ । कतिपय स्वतन्त्र उम्मेद्वारहरुले फरक फरक चिन्ह पाएकाले मतपत्रको आकार ठूलो भएको कर्मचारीहरु बताउँछन् । काठमाडौं महानगरपालिकाको मतपत्र देशभरकै ठूलो हो । काठमाडौंको मतपत्र हेर्न यहाँ क्लिक गर्नुस् ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकामा ३६ वटा चिन्ह छन् । दुई लहरमा मतपत्र छापिएको छ । भरतपुरको मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा एक लहरको मतपत्र छ । थोरै उम्मेदवारी परेका कारण महानगरपालिकामा १९ वटा चिन्हमात्रै छन् । ललितपुरको मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकामा दुई लहरको मतपत्र छ । ३० वटा चह्न रहेका छन् । यहाँ क्लिक गरेर भरतपुरको मतपत्र हेर्न सकिन्छ ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा दुई लहरको मतपत्र छ । ३२ वटा चिह्न छन् । विराटनगरको मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
वीरगन्ञ महानगरपालिका
वीरगञ्ज महानगरपालिकामा दुई लहरको मतपत्र छ । ३८ वटा चिह्न रहेका छन् । यहाँ क्लिक गरेर वीरगन्जको मतपत्र हेर्न सकिन्छ ।
प्रतिक्रिया 4