+
+

निर्वाचनमा गठबन्धनले जिते मात्रै लोकतन्त्र र संविधानको रक्षा : सुनिल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ११:३०

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले स्थानीय तहको निर्वाचनमा धनकुटामा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

एमालेले मुलुकलाई संकटतर्फ धकेल्ने आरोप लगाउँदै उनले गठबन्धनले मात्रै लोकतन्त्र र संविधानको रक्षा गर्ने दाबी गरेका छन् ।

मंगलबार अपिल जारी गर्दै थापाले छिन्ताङ काण्डबाट पीडित परिवारको भावनामाथि सधैं खेलबाड भइरहेको र निर्वाचनमा कांग्रेस विजयी भएमा उनीहरुको उचित व्यवस्थापन गर्ने समेत उल्लेख गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेमा रोजगार, शिक्षा, स्वास्थ्य, आधुनिक कृषि, यातायात लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गर्नेसमेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?