
२७ वैशाख, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने आश्वासन दिएका छन् ।
चुनावी दौडधुपमा गृहजिल्ला आइपुगेका देउवाले चुनावी सभालाई गरेको संवोधनमा डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने बताए ।
‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’, देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन । त्यसकारण राजधानी बनाउन सकिएन । अब संरचनाहरु निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।’
डडेलधुरामा प्रदेश राजधानी बनाउनका लागि आफ्नो पार्टीले जित्नु पर्ने देउवाको भनाइ छ । हिजो गृह जिल्ला पुगेका देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4