
धेरै आमाहरू आफ्ना किशोर अवस्थाका छोराछोरीका कारण चिन्तित हुन्छन् । किनकि किशोरकिशोरीहरु आमाको कुरा सुन्दैनन् । यस्तोमा बाल्यकालदेखि नै सबै कुरा मान्दै आएको बच्चालाई अचानक के भयो भन्ने आमालाई लाग्न सक्छ ।
भर्खरै स्ट्यानफोर्ड स्कुल अफ मेडिसिनका वैज्ञानिकहरूले किशोरकिशोरीहरूबारे एक अनुसन्धान गरेका छन् । जसले देखाउँछ कि निश्चित कुराहरुमा हाम्रो प्रतिक्रिया समयसँगै स्वाभाविक रूपमा परिवर्तन हुन्छ । यसकारण किशोरहरूले आमाले भनेको कुरालाई कम महत्वपूर्ण ठान्छन् ।
१३ वर्षको उमेरपछि दिमाग परिवर्तन हुन्छ
अनुसन्धानको क्रममा १२ वर्ष र त्यसमुनिका बच्चाहरूको मस्तिष्क स्क्यान गरियो । उनीहरूले आमाले भनेको कुरामा राम्रो न्यूरोलोजिकल प्रतिक्रिया देखाए । यो उमेरमा मस्तिष्कमा भावना बढाउने केन्द्रहरू सक्रिय हुन्छन् । तर १३ वर्षको उमेरपछि यो परिवर्तन हुन थाल्छ । यो उमेरमा मस्तिष्कले आमाले भनेका कुराहरुलाई उस्तै न्यूरोलोजिकल प्रतिक्रिया दिंदैन । यसको सट्टा किशोरहरूको दिमागले अन्य सबै कुरामा धेरै प्रतिक्रिया देखाउँछ त्यो चाहे नयाँ वा मान्यता कुरा किन नहोस् ।
यी परिवर्तन यति स्पष्ट थिए कि अनुसन्धानकर्ताहरूले यस आधारमा मात्र बच्चाको उमेर अनुमान गर्न सक्षम थिए । स्ट्यानफोर्ड युनिभर्सिटीका मनोचिकित्सक ड्यानियल अब्राम्स भन्छन्, ‘जसरी सानो बच्चा आमाले भनेका कुरामा आकर्षित हुन्छ, त्यसरी नै किशोरकिशोरीहरू अरु नै कुरामा ध्यान दिइरहेका हुन्छन् ।’
किशोरावस्थाका बालबालिकालाई यो परिवर्तनबारे थाहा हुँदैन । उनीहरुले साथी र नयाँ साझेदार फेला पार्छन् र उनीहरु तिनीहरूसँग बढी समय बिताउन चाहन्छन् । यो उमेरमा दिमाग अधिक संवेदनशील हुन्छ र अज्ञात कुराहरूमा आकर्षित हुन्छ ।
किशोरकिशोरी जानीजानी परिवारबाट अलग भएका हुँदैनन्
अर्को शब्दमा भन्दा किशोरकिशोरीहरू जानाजानी आफ्नो परिवारबाट अलग्गिएका हुँदैनन् । उनीहरूको दिमाग परिपक्व भइरहेको हुन्छ । सानो बच्चाका लागि आमाले भनेका कुराले स्वास्थ्य र विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसले बच्चाको तनाव, सामाजिक संलग्नता र अन्तरक्रियाको प्रक्रियालाई प्रभावित बनाउँछ ।
न्यूरोसाइन्टिस्ट विनोद मेनन भन्छन्, ‘किशोरकिशोरीहरू आमाबाबुको कुरा नसुनेर विद्रोह गरेको देखिन्छ । किनभने उनीहरूको दिमाग घर बाहिरको कुरामा बढी ध्यान दिन थाल्छ ।’
बच्चा उमेरको एक चरणमा स्वतन्त्र हुन चाहन्छ
यूरोसाइन्स जर्नलमा प्रकाशित यस शोधका अनुसार उमेर बढ्दै जाँदा हामी आमाको कुरामा कम ध्यान दिन थाल्छौं । मेनन भन्छन्, ‘बच्चा उमेरको एक चरणमा स्वतन्त्र हुन चाहन्छ । यो जैविक संकेतका कारण हो । किशोरावस्थामा उनीहरु परिवार बाहिर पनि घुलमिल हुन थाल्छन् ।
यसमा उनीहरूको दोष हुँदैन, यो उमेरमा मस्तिष्कले अन्य आवाजहरूमा ध्यान दिन्छ ।
प्रतिक्रिया 4