
२७ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उप-महासचिव डा.विजय पौडेलले गठबन्धनलाई मत माग्दा कलम चिन्हमा मत नमागिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौंको असनमा आयोजित सत्ता गठबन्धनको संयुक्त सभामा बोल्दै उनले कलम चिन्हमा मत माग्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘मेयरमा मत मागिएको छ । उहाँसँगै उप मेयरका उम्मेदवारलाई कलममा पनि मत माग्न आग्रह गर्दछु ।’ काठमाडौं महानगरको उप मेयरमा एकीकृत समाजवादीबाट उप मेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।’
गठबन्धनको महत्वका बारेमा बुझाउन नसकिएको हो कि भन्दै उनले आशंका व्यक्त गरे । ‘वडा तहैसम्म गठबन्धन होस् भन्ने चाहना थियो । गठबन्धनको महत्व बुझाउन नसक्दा तालमेल हुन सकेन ।’ पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4