
२७ वैशाख, जुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि जुम्लामा सीसी क्यामेरा जोड्ने काम सुरु भएको छ।
प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंका अनुसार सबै स्थानीय तहको मतगणना स्थलमा क्यामेरा जोड्ने काम सुरु भएको हो ।
आठवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको र धेरैमा जडान भइसकेको उनले बताइन् ।
प्रसाईंका अनुसार केन्द्रबाट चार वटा र अन्य स्थानीय स्तरबाट सीसी क्यामेराको व्यवस्थापन गरिएको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4