
२७ वैशाख,काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले काठमाडौं शहरको रुप फेर्ने प्रतिबद्धता जनाएकी छन् ।
चुनावी प्रचार सभाको अन्तिम दिन असनमा बोल्ने क्रममा सिंहले सपना नबाँड्ने तर गर्न सकिने काम कार्यान्वयन गरेर छोड्ने बताइन् ।
‘सुशासन दिन्छु । भ्रष्टचार मुक्त बनाउँछ । डिजिटल काठमाडौं बनाउने छु,’ सिंहले भनिन्, ‘फोहोर घरबाटै कम बनाउने काम गर्छु ।’
ठूलो बजेट भएको काठमाडौं २४ वर्षसम्म उस्तै छ रहेको बताउँदै उनले कुरुप शहरको मुहार फेर्ने दाबी गरिन् । विद्यालय सुरु हुने समयलाई हेरफेर गरी ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् । ‘फुटपाथ अस्तव्यस्त छ । तर, उहाँहरुलाई हटाउँदिन । निश्चित स्थानमा व्यापार गर्ने व्यवस्था मिलाउँछु’ सिंहले भनिन् ।
विपन्न आय भएका महिला तथा पुरुष जो असहाय छन्, तिनको लागि विशेष राहतका प्याकेज ल्याउने उनले बताइन् ।
युवाहरुलाई रोजगारमा केन्द्रीत हुने गरी कार्यक्रमहरु ल्याउने सिंहले चुनावी सभामा प्रतिवद्धता जनाइन् ।
प्रतिक्रिया 4