
२७ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी मतदान स्थलमा पुगेका छन् । उनीहरुले निर्वाचनका लागि आवश्यक सामान लिएर मतदान स्थलमा पुगेका छन् ।
काठमाडौंको जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार कर्मचारीहरुको भिड थियो । उनीहरुले निर्वाचनका लागि आवश्यक सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै थिए ।
मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिइरहेका निर्वाचन आयोगले जनाएको छ ।
नयाँ मतदाता र परिचयपत्र हराएका मतदाताहरुलाई वैशाख २८ र २९ गते मतदानस्थलबाटै परिचयपत्र वितरण हुनेछ ।
हेर्नुस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4